PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आगोमा परी बालकको मृत्यु



रासस

त्रिशूली : नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ। 

विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल आगोमा परी गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले खेल्ने क्रममा झाप्रीमा अगुल्टो लगाइदिँदा लागेको आगोमा परी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell