PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उत्तरी नाका रसुवागढीमा सवारी आवागमन बन्द



रासस

रसुवा : नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ।

सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी साधन आवातजावत बन्द भएको छ।

सडक खोल्न कम्तीमा तीन दिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन्। बा६ख ९७६५ नंको आफ्नो कन्टेनर डिब्बा बाटोमै छोडी नेपालतर्फ आएको कन्टेनर चालक लाक्पा नुर्पु तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell