PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु



रासस

इनरुवा : लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत चैत ९ गते गाईको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो ताप्ने क्रममा सारीमा आगो सल्की खातुन गम्भीर घाइते भएकी थिइन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैने क्रममा खातुनको आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell