PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

हत्या आरोपमा नाबालकसहित दुई जनालाई कैद सजाय



रासस

हत्या आरोपमा नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी : हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ।
 
कैद सजाय हुनेमा दार्चुला अपी नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। उनले भने 'रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ।'
 
गएको भदौ २६ गते दार्चुला अपी–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवरसमेत पक्राउ परेको भए पनि उनले सफाइ पाएको प्रहरीले बताएको छ।
 
जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो।
 
यस्तै दुई किलो २०० ग्राम चरेससहित गत मङ्सिर ६ गते पक्राउ परेका दार्चुला अपी नगरपालिका–११ बांगाबगडका ४८ वर्षीय बलदेवसिंह महरलाई पनि जिल्ला अदालत दार्चुलाले रु छ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell