PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

१४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु



रासस

बाबियाचौर (म्याग्दी) : अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।

म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो। आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए।

शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युतगृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ। तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ। पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्रयाक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell