PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बस दुर्घटनामा घाइते महिलाको मृत्यु



रासस

दमक : झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

गम्भीर घाइते दमक नगरपालिका–२ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइते दमक–२ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक–९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ। कमलनगर गाउँपालिका–५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ७८१५ नंको बस तीव्र गतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell