PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • ​नवलपरासीमा स्थानीय निर्वाचनका लागि दुई सय ३७ मतदानस्थल तोकिए

    नवलपरासी : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ।  हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताए।  नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवादको यो रुप, छोराको कुटपिटबाट बाबुको मृत्यु

    घरायसी विवादको यो रुप, छोराको कुटपिटबाट बाबुको मृत्यु

    भक्तपुर : मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।   घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो।   घाइते प्रजापतिको राति नै कोरिया–नेपाल मैत्री अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको, र त्यहाँ पनि उपचार हुन नसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा वैशाख १० गतेदेखि

    स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा वैशाख १० गतेदेखि

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ।   स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार एउटा वडामा तीन जना स्वयम्सेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन्।   मतदाता शिक्षाका लागि आयोगले ३२…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आएका नेता कमल छाराहाङ रहेनन्

    पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आएका नेता कमल छाराहाङ रहेनन्

    सुरुङ्गा (झापा) : अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्बुवान नेता कमल छाराहाङको शनिबार निधन भएको छ।   धनकुटाको आठपरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनलाई आज हृदयाघात भएपछि मोरङको विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा निधन भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • खुट्टो कमाएर हुँदैन, सरकारले निर्वाचन गराउनैपर्छ : ओली

    खुट्टो कमाएर हुँदैन, सरकारले निर्वाचन गराउनैपर्छ : ओली

    नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।   एमाले बाँके प्रचार विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु नहुने बताए। 'निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा भन्छन्- 'तोकिएकै मितिमा निर्वाचन हुन्छ', सहभागी हुन मोर्चालाई आह्वान

    कमल थापा भन्छन्- 'तोकिएकै मितिमा निर्वाचन हुन्छ', सहभागी हुन मोर्चालाई आह्वान

    विराटनगर : उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने बताएका छन्। साथै उनले निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आह्वान पनि गरेका छन्।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा एक सय पचास मतदानस्थल

    कास्कीमा एक सय पचास मतदानस्थल

    पोखरा : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ।  तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा महत

    जुम्ला : नेपाल पत्रकार महासङ्घ जुम्लाको पाँचौँ जिल्ला अधिवेशनले बरमबहादुर महतका अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको छ।  अधिवेशनले खुला उपाध्यक्षमा नेत्रबहादुर शाही, समावेशी उपाध्यक्षमा गीता शाही महत, सचिवमा धनबहादुर बुढा, कोषाध्यक्षमा ईश्वरी देवकोटा, खुला सहसचिवमा भरतबहादुर बोहोरा र समावेशी सहसचिवमा नौरते नेपालीलाई चयन गरेको छ। त्यस्तै खुला सदस्यमा विजय रावत, धर्मसिंह कठायत, कृष्णबहादुर बोहोरा, महिला सदस्यमा विष्णुमाया…

    विस्तृतमा पढ्नुस्

  • ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    बर्दिया : ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ।  ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए। चौधरी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • लामो समयपछि असिनासँगै हिउँ पर्‍यो, कृषिबालीमा क्षति

    पाँचथर : धेरै वर्षपछि यहाँ हिउँ परेको छ। हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पुर्‍याएको किसान वताउँछन्।   शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताए। 'अहिलेसम्म हिउँ परेको देखेको थिइनँ, उहिल्यै बाजेले मात्रै हिउँ…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका १४ ठाउँमा फेला परे प्राकृतिक तातोपानीका मुहान

    म्याग्दी (बेनी) : म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयसभन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन्।   प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँच वटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।   तातोपानी कुन्डमा वार्षिक…

    विस्तृतमा पढ्नुस्

  • दुवै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै, भन्छिन्- 'अशक्त भए पनि समाजको सेवा गर्छु'

    खोटाङ : दुवै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।   शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए।   १७ वर्षीया सम्झनाले इन्द्रेणीपोखरीस्थित मावली बसेर…

    विस्तृतमा पढ्नुस्

  • घाँस काट्न गएका दाहाल मृत अवस्थामा फेला

    इलाम : इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन्।  शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए।  घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो। उनको…

    विस्तृतमा पढ्नुस्

  • दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु, एक घाइते

    दुई समूहबीच छुरा हानाहान, एकको मृत्यु, एक घाइते

    इनरुवा : सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन्। सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  गम्भीर घाइते भएका राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • आइसक्रिमको पैसाको विषयलाई लिएर झगडा, एक जनाको ज्यान गयो, तीन गम्भीर घाइते

    आइसक्रिमको पैसाको विषयलाई लिएर झगडा, एक जनाको ज्यान गयो, तीन गम्भीर घाइते

    इटहरी : धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ।  मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसाको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए। घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचनमा रुकुममा एक सय चार मतदान केन्द्र

    रुकुम : स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एकसय चारवटा मतदान केन्द्र हुने भएका छन्। जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा मतदान केन्द्र रहने गरेर एकसय चारवटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए।   मतदान केन्द्र पुनरावलोकन तथा सिफारिस समितिको बिहीबार बसेको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको हो। यसभन्दा पहिले जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • ​दलहरुबीचको विवादले बैतडीमा मतदान केन्द्र सिफारिस भएन

    बैतडी : मतदान केन्द्र निर्धारणका विषयमा राजनीतिक दलबीच सहमति हुन नसक्दा बैतडीमा मतदान केन्द्र सिफारिस गर्न सकिएको छैन।  दलले विसं २०७० मा तय भएका मतदान केन्द्र बदल्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। दलका प्रतिनिधिले २०७० सालको भन्दा १० वटा केन्द्र थप्नसमेत माग गरेका छन्।  मतदान केन्द्र सिफारिस समितिको बैठकमा ठूला दल नेपाली काँग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • ​​सात वर्षदेखि एक्स–रे प्रयोगविहीन, जनशक्ति नहुँदा सञ्चालनमा आएन

    तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ।  केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर खरिद गरेका छन्। तर दक्ष प्राविधिक अभाव हुँदा तालिमका भरमा अन्य स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरे पनि सञ्चालनमा आउन सकेको छैन। बरु…

    विस्तृतमा पढ्नुस्

  • ​माध्यमिक शिक्षा परीक्षा : महोत्तरीमा चिट चोर्ने ४४ जना विद्यार्थी निष्कासित

    ​माध्यमिक शिक्षा परीक्षा : महोत्तरीमा चिट चोर्ने ४४ जना विद्यार्थी निष्कासित

    गौशाला : देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन्।  प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ।  प्रजिअ यादवको परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर बाजुरामा एकको मृत्यु, दुई घाइते

    चट्याङ लागेर बाजुरामा एकको मृत्यु, दुई घाइते

    बाजुरा : उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन्। कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell