रुकुम : स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एकसय चारवटा मतदान केन्द्र हुने भएका छन्। जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा मतदान केन्द्र रहने गरेर एकसय चारवटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए।
मतदान केन्द्र पुनरावलोकन तथा सिफारिस समितिको बिहीबार बसेको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको हो। यसभन्दा पहिले जिल्लामा एकसय ४८ वटा मतदान केन्द्र भएपनि त्यसलाई घटाएर अब एकसय चारवटा मात्र मतदान केन्द्र कायम गरिएको उनले बताए।
स्थानीय तहको निर्वाचनमा जिल्लाभरबाट एकलाख दुई हजार तीनसय ६९ जना मतदाताले भाग लिँदैछन्।