PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

खुट्टो कमाएर हुँदैन, सरकारले निर्वाचन गराउनैपर्छ : ओली



रासस

खुट्टो कमाएर हुँदैन, सरकारले निर्वाचन गराउनैपर्छ : ओली

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।
 
एमाले बाँके प्रचार विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु नहुने बताए। 'निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुर्‍याउँछ,' उनले भने।

संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै उनले तराईका जनतालाई संविधानविरुद्ध अलमल्याइएकाले सो भ्रम छर्न आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको प्रस्ट पारे।
 
पत्रकारले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell