PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

घरायसी विवादको यो रुप, छोराको कुटपिटबाट बाबुको मृत्यु



रासस

घरायसी विवादको यो रुप, छोराको कुटपिटबाट बाबुको मृत्यु

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।
 
घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो।
 
घाइते प्रजापतिको राति नै कोरिया–नेपाल मैत्री अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको, र त्यहाँ पनि उपचार हुन नसकेपछि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
 
महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले छोराको कुटपिटबाट बाबुको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताए।
 
प्रहरीले कुटपिटमा संलग्न कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell