PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आएका नेता कमल छाराहाङ रहेनन्



रासस

पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आएका नेता कमल छाराहाङ रहेनन्

सुरुङ्गा (झापा) : अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्बुवान नेता कमल छाराहाङको शनिबार निधन भएको छ।
 
धनकुटाको आठपरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनलाई आज हृदयाघात भएपछि मोरङको विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा निधन भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी दिए।
 
उनले केही समयअघि मात्रै लिम्बुवान मुक्ति मोर्चा (सङ्घीयवादी) पार्टी खोलेका थिए। उनी सो पार्टीको केन्द्रीय अध्यक्ष थिए।
 
मोरङ स्थायी घर भएका छाराहाङ लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य घोषणा गर्नुपर्ने एजेन्डालाई अघि सार्दै आएका थिए।
 
छाराहाङका श्रीमतीसहित दुई छोरा र एक छोरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell