PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

घाँस काट्न गएका दाहाल मृत अवस्थामा फेला



रासस

इलाम : इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन्। 

शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए। 

घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो। उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell