बर्दिया : ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ।
ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए। चौधरी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको बताइएको छ।