PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​माध्यमिक शिक्षा परीक्षा : महोत्तरीमा चिट चोर्ने ४४ जना विद्यार्थी निष्कासित



रासस

​माध्यमिक शिक्षा परीक्षा : महोत्तरीमा चिट चोर्ने ४४ जना विद्यार्थी निष्कासित

गौशाला : देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन्। 

प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ। 

प्रजिअ यादवको परीक्षा अनुगमन टोलीले जिल्लाको मनरा उच्च माविबाट ६, साँढा माविबाट ११, कोल्हुवा बगेया माविबाट आठ र बखरीभाठ उच्च माविबाट १९ गरी ४४ जना विद्यार्थीलाई निष्कासित गरेको जनाइएको छ। 

साथै चिट चोराउन सहयोग गरेको भन्दै मनरा उमाविबाट निरीक्षक नागेन्द्रकुमार ओझालाई समेत निष्कासित गरिएको छ। महोत्तरीमा यसपालि २८ परीक्षा केन्द्रमा जिल्लाका एक सयतीन विद्यालयका नौ हजार एकसय तीनजना विद्यार्थीले परीक्षा दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell