काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ।
स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार एउटा वडामा तीन जना स्वयम्सेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन्।
मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ। प्रवक्ता शर्माका अनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गई प्रशिक्षण दिएपछि स्वयम्सेवकले वडामा गई मतदातालाई मतदाता शिक्षा दिनेछन्।
पहिलेको भन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको उनको भनाइ छ।