PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

​​सात वर्षदेखि एक्स–रे प्रयोगविहीन, जनशक्ति नहुँदा सञ्चालनमा आएन



रासस

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ। 

केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर खरिद गरेका छन्। तर दक्ष प्राविधिक अभाव हुँदा तालिमका भरमा अन्य स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरे पनि सञ्चालनमा आउन सकेको छैन। बरु प्रयोगमा नआई मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन्। २०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निःशुल्क एक्स–रे मेसिन उपलब्ध गराएको थियो। 

केन्द्रमा एक्स–रे मेसिन भएर पनि सञ्चालनमा नआउँदा यहाँका करिब एक दर्जन गाउँवासी सामान्य एक्स–रे सुविधा लिनसमेत महँगो भाडा बेहोरेर नजिकमा पाँचथरको फिदिम हुँदै झापासम्म पनि धाउन बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell