PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चट्याङ लागेर बाजुरामा एकको मृत्यु, दुई घाइते



रासस

चट्याङ लागेर बाजुरामा एकको मृत्यु, दुई घाइते

बाजुरा : उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन्। कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताए। 

घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ। 

चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ। घाइते भएका दुवै दिदीभाइलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी र स्थानीयवासीको सक्रियतामा ल्याइएको निमित्त प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए। घरको पूर्व भित्तामा चट्याङ परेर घटना भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell