PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

महतोको आरोप- 'एमालेको जिद्दीकै कारण समस्या जटिल बन्दै'



रासस

महतोको आरोप- 'एमालेको जिद्दीकै कारण समस्या जटिल बन्दै'

चितवन : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन्।
 
आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए।
 
आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने चेतावनी दिए। सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने भनाइ राखे। आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको र जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाइने बताए।
 
नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको जिकिर गरे। एमालेको जिद्दीपनकै कारण समस्या आएको उनले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell