PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बुटवलमा बृहत‍् शैक्षिक मेला



रासस

रुपन्देही (तिलोत्तमा) : बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ। 

विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो। वान अप प्रालि काठमाडौँको आयोजनामा मेला आयोजना गरिएको हो। सो मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिए। 

यसअघि काठमाडौँ, पोखरा, चितवनमा समेत यस्ता किसिमका मेला आयोजना गरिएका थिए। मेलामा एकै स्थानबाट विभिन्न शैक्षिक परामर्शदाताको सेवा पाउन सकिने व्यवस्था गरिएको छ। मेलामा अष्ट्रेलिया, अमेरिका, जापान, न्यूजिल्यान्ड, भारतका विभिन्न कलेजका प्रतिनिधिसँग सीधै कुरा गर्न सकिने व्यवस्था मिलाइएको छ। मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell