लहान : सिरहाको मिर्चैया नगरपालिका–१० मा आज बिहान आगलागी हुँदा एक बालक घाइते भएका छन्।
मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा उनका ८ वर्षीय नाति निरजकुमार घाइते भएका हुन्। उनको मिर्चैयास्थित मुकेश मेडिकेयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
फुसले छाएको घर र भित्र रहेका सम्पूर्ण सामान जल्दा डेढ लाख मूल्य बराबरको क्षति भएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।