PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

तेइसौँ वार्डेन सम्मेलन सुरु, संरक्षित क्षेत्रको मोडलबारे बहस हुने



रासस

काठमाडौँ : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा देखिएका समस्याका समाधानका लागि २३ औँ राष्ट्रिय वार्डेन सम्मेलन सुरु भएको छ। 

मुलुक सङ्घीयतामा गएसँगै संरक्षित क्षेत्रलाई कुन मोडलमा लैजाने भन्नेबारे बिहीबारदेखि मकालु बरुण राष्ट्रिय निकुञ्जमा सम्मेलन सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिए। 

सम्मेलनमा संरक्षण क्षेत्रमा देखिएको जल्दोबल्दो समस्या, वन्यजन्तुको संरक्षणमा वार्डेनले खेलेको भूमिका तथा विगत वर्षमा भएका सङ्कल्प प्रस्तावको समीक्षासमेत बैठकले गर्ने पन्थले बताए। सम्मेलन तीन दिनसम्म चल्ने विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell