
गाईघाट (उदयपुर) : उदयपुरको त्रियुगा नगरपालिका–६ खैजनपुर सनुवामा बुधबार विद्युत् सर्ट भई एक कुखुरा फार्ममा आगलागी हुँदा करिब रु अढाई लाख बराबरको क्षति भएको छ।
दिनको ३ बजेतिर स्थानीयवासी विष्णु राजधामीको कुखुरा फार्ममा अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको स्थानीयवासी मोहन राजधामीले बताए।
आगलागीबाट केही कुखुरा बाहिर निकाल्न सफल भए पनि केही कुखुरा नष्ट भएको र सबै फार्म जलेको कुरा मोहनले बताएका छन्।