PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते



रासस

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

सल्यान : रुकुमको मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। 

मृत्युहुनेमा १९ वर्षीय भीमबहादुर सिपाइली रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका सिपाइलीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सल्यान खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नं को ट्याक्टर बिहीबार बेलुकी खलङ्गा नजिकै दुर्घंटना भएको थियो। ट्याक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो। 

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सल्यान शारदा नगरपालिका–२ का २७ वर्षीय हरि नेपालीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell