जुम्ला : एकसातादेखि मौसममा बदली भई चिसो बढ्दै गएपछि भएको भारी हिमपातले कर्णाली पुनः ढाकिएको छ। हिमपातले सबैभन्दा यहाँका बालबालिका, महिला, वृद्ध, अशक्त अपाङ्गलाई बढी समस्या परेको छ। घरबाट बाहिर जानसक्ने सहज अवस्था छैन। यसले स्थानीयवासीको दैनिक कामकाज ठप्प भएको छ। पानीपँधेरो, आवातजावत गर्न र मेलापातमा जान ठूलो समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्थानीय महिला सम्झना महतले जानकारी दिइन्। हिमपातका…
सोल : दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ। उनलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गरेको हो। इजलाशको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास…
दुनै (डोल्पा) : भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ। आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ। विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ। अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ। यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका…
अर्घाखाँची : रोल्पाको पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए। कात्तिक ४ गते घरबाट हिँडेका उनलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे। रेडियो पत्रपत्रिकामा सूचना राखे। तर परिवारका सदस्यले कतै फेला पार्न सकेनन्। घुम्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे, अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले। उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो, दीपक अझै जिउँदै रहेछन्। 'परिवारले खुसी…
पर्सा : वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो। वीरगन्ज उप–महानगरपालिका–८ निवासी विकास गुप्ताले भाडाको घरमा सञ्चालन गरेको उद्योगको गोदाममा बिहान करिब ३…
गुलरिया (बर्दिया) : बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन्। आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए। आगलागीबाट करिब १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिए।
रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जको भूभाग प्रयोग गरी नेपाल–चीन व्यवसाय गर्ने र पासाङलामु मार्गमा सवारीसाधन गुड्ने समयावधि बढाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार सवारीसाधनको चापलाई मध्यनजर राख्दै बिहान ६ बजेदेखि राति ९ बजेसम्म मात्र गुड्न पाउने प्रावधानलाई परिवर्तन गर्दै अब उप्रान्त बिहान ५ बजेदेखि राति ११ बजेसम्म सडकमार्गको सुरक्षापोस्ट खुल्ला गर्ने व्यवस्था मिलाइएको…
काठमाडौँ : खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ। काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए। संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ। सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव…
फलेवास (पर्वत) : विनाशकारी भूकम्प गएको २३ महिनापछि पर्वतमा भूकम्पपीडितको लगत सङ्कलन कार्य सम्पन्न भएको छ। जिल्लामा झन्डै ११ हजार भूकम्पपीडितको लगत सङ्कलन गरिएको छ। गत पुस २६ गतेदेखि सुरु भएको लगत सङ्कलन मङ्गलबार सम्पन्न भएको हो। अभियान अन्तर्गत ११ हजार घरको लगत सङ्कलन गरिएको छ। बाँकी छुटफुट भएको र उनीहरुलाई पुनः अर्को चरणमा लगत सङ्कलन गरिने जिल्ला लगत…
सप्तरी : प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको मृत्यु भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन्। सप्तरीको मलेखमा सो आयोगको बा ७ च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ। त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ। मोर्चाका…
बाजुरा : उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ। उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए। उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिँदै आएको थियो। …
कञ्चनपुर : नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित भएका छन्। महासंघ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन्। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उहाँका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार उपाध्यक्षमा…
भोजपुर : भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ। पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने भएको हो। काम गत मङ्सिर २४ देखि फागुन २५ गतेसम्म तीन महिनामा सक्ने लक्ष्यसहित थालिएको थियो। काम नसकिएपछि जिल्ला प्रशासन कार्यालय, जिविस र सुरक्षा निकायले…
राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आह्वान गरेको बन्दले जनजीवन आज पनि प्रभावित रहेको छ। बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ। बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा…
बर्दिया : गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एक युवकको मृत्यु भएको छ। बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो। गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। घाइते भएका…
गौशाला : महोत्तरी जिल्लाको पिपरा गाविसमा आज बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर सुत्न गएकीमा आज बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा फेला परेको छ।…
कल्पना पौडेल काठमाडौँ : स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ। मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ। नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन…
फलेवास (पर्वत) : कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ। धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो। जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो। दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने…
राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन्। राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ। कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ। आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब…
लमजुङ (बेसीसहर) : जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन्। न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो। प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन्। …