PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

दोस्रो दिन पनि सप्तरी बन्द, जनजीवन प्रभावित बन्दै



रासस

दोस्रो दिन पनि सप्तरी बन्द, जनजीवन प्रभावित बन्दै

राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आह्वान गरेको बन्दले जनजीवन आज पनि प्रभावित रहेको छ।
 
बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ। बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराएका छन्।
 
नेकपा (एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो।
 
यसैबीच, नेपाली कांग्रेसका सांसद सकलदेव सुतिहार र सांसद रञ्जितकुमार कर्णले आज छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा गरेका छन्। एमालेको राष्ट्रिय अभियानका नाममा स्वाधीनतामाथि नै खलल पुर्‍याउने काम भएको भन्दै एमालेलाई कुनै पनि जिल्लामा अराजक गतिविधि एवम् कार्यक्रम नगर्न आग्रह गर्दै सांसदद्वयले घटनाको छानबिन गरी दोषीउपर कार्वाहीको माग गरेको विज्ञप्तिमा उल्लेख छ।
 
यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता एवम् सप्तरी क्षेत्र नं १ का सांसद मानपुर चौधरीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन्।
 
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, शाखा सप्तरीका अध्यक्ष पुण्यप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन आयोगद्वारा छानबिन गरी गोली हान्न आदेश दिने, ज्यान लिने दोषी प्रहरीमाथि अविलम्ब कडा कार्वाही गर्न जोड्दार माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell