PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बाजुराका दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना



रासस

बाजुराका दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना

बाजुरा : उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ।
 
उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए।
 
उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिँदै आएको थियो।
 
नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएका छन्। 'एक पोका नुन लिन रु ६०० खर्च हुथ्यो तर अहिले एक दिनमै नुन पाइने भयो' स्थानीय धर्मलाल सुनारले बताए।
 
एक पोका नुन लिन दुई दिन लाग्नुका साथै ६०० देखि एक हजारसम्मको खर्च हुने गरेको उनको भनाइ छ।
 
कवाडीमा नुन डिपो सञ्चालन भएपछि जिल्लाका रुगिन, बिच्छ्या गाविस र छिमेकी जिल्ला हुम्ला र मुगु जिल्लाका जनतालाई सहज भएको कोल्टी डिपो प्रमुख धर्मराज पाध्यायले बताए। यसबाट हुम्ला र मुगु जिल्लाका स्थानीयवासीलाई सहज भएको छ।
 
कवाडी डिपोका लागि ४०० क्विन्टलभन्दा बढी नुन स्वीकृत भएको छ।

दोस्रो किस्ताको पर्खाइमा भूकम्पपीडित, जिविसको खातामा दुई अर्ब थ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell