कञ्चनपुर : नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित भएका छन्। महासंघ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन्।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उहाँका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार उपाध्यक्षमा केशव सावद निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा दुर्गा उपाध्याय तथा सचिवमा अमरबहादुर चन्द निर्वाचित भएका छन्।
यस्तै, खुल्ला सह–सचिवमा मोहन विष्ट, समावेशी सह–सचिवमा सङ्गीता शाही र कोषाध्यक्षमा चुडामणि अर्याल निर्वाचित भएका छन्।
यस्तै, महिला सदस्यमा निर्मला बोहरा र दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित भएका छन्। खुल्ला सदस्यतर्फ ईश्वरदत्त बडू, कुन्दन पाण्डे, भाष्कर केसी, धनञ्जय अवस्थी, धर्मराज कठायत, रञ्जित लामा, वासुदेव धामी र वासुदेव भट्ट निर्वाचित भएका छन्।
यसअघि समावेशी सदस्यमा पहिलाद राना र मधेसीमा रामदास राना निर्विरोध निर्वाचित भएका थिए। ३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। २० खुल्ला र ६ महिला केन्द्रीय पार्षदका लागि उम्मेदवारी दिएका ४५ जनामध्ये विजयी हुनेमा अधिकांश प्रेस सेन्टर नेपाल र प्रेस युनियनका उम्मेदवार रहेका छन् । निर्वाचनमा कुल दुईसय ६० मतदातामध्ये दुईसय ३७ ले सहभागिता जनाएका थिए । रासस