PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बर्दिया सूर्यपटुवाको एक घरमा आगलागी, १४ लाख बराबरको क्षति



रासस

बर्दिया सूर्यपटुवाको एक घरमा आगलागी, १४ लाख बराबरको क्षति

गुलरिया (बर्दिया) : बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन्। 

आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए। 

आगलागीबाट करिब १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell