PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

भारी हिमपात हुँदा डोल्पाको जुफाल विमानस्थल ठप्प



रासस

दुनै (डोल्पा) : भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ।
 
आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ। विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ। अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ।
 
यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ। त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ। भारी वर्षातका कारण उक्त विमानस्थलमा बिहीबार पनि उडान/अवतरण हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell