PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

​भोजपुर विमानस्थलको धावनमार्ग कालोपत्र समयमा सम्पन्न भएन



रासस

भोजपुर : भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ। पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने भएको हो। 

काम गत मङ्सिर २४ देखि फागुन २५ गतेसम्म तीन महिनामा सक्ने लक्ष्यसहित थालिएको थियो। काम नसकिएपछि जिल्ला प्रशासन कार्यालय, जिविस र सुरक्षा निकायले अनुगमनसमेत गरेको छ। 

अनुगमनका क्रममा ठेकेदार कम्पनीलाई सोधपुछ गरी चैत १० गतेसम्म जहाज अवतरण गर्न मिल्ने बनाउन पनि निर्देशन दिएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिइन्। ठेकेदार कम्पनीले भने डिजेल अभावका कारण काममा ढिलाइ भएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell