PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गाउँ पसेको हात्तीले आक्रमण गर्दा १८ वर्षीय युवकको मृत्यु



रासस

बर्दिया :  गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एक युवकको मृत्यु भएको छ।
 
बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो। गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।
 
घाइते भएका नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जआसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारबारको व्यवस्था गरे पनि प्रभावकारी हुन सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell