PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मानवअधिकार आयोगका प्रवक्ता चढेको गाडीमा मोर्चा कार्यकर्ताद्वारा तोडफोड



रासस

सप्तरी : प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको मृत्यु भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन्। 

सप्तरीको मलेखमा सो आयोगको बा ७ च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ। 

त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ। 

मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पुर्‍याएका छन्। 

मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell