चितवन : अण्डा व्यवसायीले भारतबाट अवैध रुपमा आएको सेतो अण्डा नियन्त्रण गर्ने प्रहरीलाई पुरस्कार दिने घोषणा गरेका छन्। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अवैध रुपमा आएको अण्डा समाएको खण्डमा प्रतिपेटी रु ५०० का दरले पुरस्कार दिने निर्णय भएको जानकारी दिए। यसअघि अवैध आएका कुखुराका चल्ला समाउने प्रहरीलाई प्रतिचल्ला रु पाँचको दरले पुरस्कार दिने व्यवस्था थियो।…
गौशाला : महोत्तरीको जलेश्वर नगरपालिकाले जिल्ला सदरमुकाम जलेश्वरभित्रका एक सयभन्दा बढी घरटहरा आइतबार भत्काएको छ। नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर नगरपालिकाले नगरभित्रका पसल जथाभावी तोडफोड र भत्काउने काम गरेको पसलेले आरोप लगाएका छन्। नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले भने जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताए। यसरी…
रसुवा : रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ। समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम (ब्रेकथु) आइतबार सम्पन्न गरेपछि…
डुम्रे (तनहुँ) : फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षीय मोहनबहादुर पाटामगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए। पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए। प्रहरी उपरीक्षक जोशीका…
लिबाङ (रोल्पा) : आफ्नै श्रीमती हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मृत्यु भएको थियो। पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको…
राजविराज : सप्तरीको खोजपुर गाविस–७ मा विद्युत् हुकिङ गर्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको बनरझुला गाविस–३ बस्ने ४५ वर्षीय मोहमद जियाउल मिया रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। खोजपुर–७ मा रहेको उनको आफ्नै आँपको बगैँचामा ११ हजार भोल्ट भएको विद्युत्मा हुकिङ गरी बिजुली तान्ने क्रममा करेन्ट लागेको थियो। सो क्रममा गम्भीर घाइते…
काठमाडौँ : सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धि सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ। उक्त विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आजको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। नेपाल…
काठमाडौँ : दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ। प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बताए। नेपाली इन्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इन्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको…
मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कारवाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ। कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय…
रत्ननगर : चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन्। माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन। आज…
वालिङ : स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ। नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो। गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए। पानीको सहजता भएपछि…
कलैया : बारा जिल्ला प्रसौनी गाविस- १, ३, ५ र ६ मा आज बिहान प्रहरी टोलीले पाँच जनाका घरमा छापा मारी बरामद गरिएको तयारी कच्चापदार्थ १३ हजार दुई सय २० लिटर मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट जानकारी भएको छ। प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक कुमार यादवको नेतृत्वमा रहेको टोलीले पाँच थान रक्सी बनाउने यन्त्र र दुई थान…
डडेल्धुरा : डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन्। पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन्। डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन्। यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक…
जुम्ला : हिमाली जिल्ला जुम्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा. रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो। शिविरमा प्रहरी सङ्गठन भित्रका कर्मचारी र तिनका परिवारका सदस्यको उपचार गरिएको निमित्त प्रहरीनायब उपरीक्षक गोपीन्द्रबहादुर खड्काले जानकारी दिए। शिविरमा ५२ पुरुष…
पर्सा : वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो। उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए। उनले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै छोरीलाई…
कुन्दुस : अफगानिस्तानको कुन्दुस प्रान्तमा रहेको एउटा सुरक्षा चौकीमा तालिवानी लडाकुले गरेको आक्रमणमा परी आइतबार सात जना प्रहरी मारिएका छन्। सेना र प्रहरीसहितको उपस्थितिमा सरकारले सन् २०१० देखि गाउँगाउँमा स्थापना गरेका अफगानिस्तान स्थानीय प्रहरी (एएलपी) को कार्यालयमध्ये एक कार्यालयमा आक्रमण भएको हो। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रान्तीय प्रहरी कार्यालयले अनुसन्धान टोली खटाइसकेको एक प्रहरी अधिकारीले जानकारी दिएका…
नवलपरासी : नेपाल पत्रकार महासङ्घ नवलपरासीको दसौँ शाखा अधिवेशनले होमराज रानाभाट अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा हरि शर्मा, महिला उपाध्यक्षमा पूजा चापागाईं, सचिवमा राजकुमार रेश्मी, सहसचिवमा विष्णु गौडेल तथा समावेशी सहसचिवतर्फ अनिल यादव र कोषाध्यक्षमा ईश्वरी चापागार्इंलाई निर्वाचित गरेको छ। यसैगरी कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, बुद्धिराज कडरिया, भीमलाल गाहा, रवीन शर्मा चापागार्इं, रञ्जना लम्साल, तीर्थराज…
त्रिशुली (नुवाकोट) : स्थानीय निकायको पुनर्संरचनाको अन्तिम टुङ्गो नलाग्दा यहाँ स्थानीय निकाय निर्वाचनको मतदान केन्द्र तोक्न अन्योल भएको छ। जिल्लामा स्थानीय निकाय पुनर्संरचनाका विषयमा भएको विवादको अन्तिम किनारा नलागेका कारण मतदान केन्द्र कायम गर्ने समस्या भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताए। 'स्थानीय निकायको पुनर्संरचनाको विषयमा स्पष्ट रुपमा परिपत्र आएको छैन, पत्र नआएका कारण मतदान केन्द्र कायम गर्न समस्या…
काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ। सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईले सो जानकारी दिएका हुन्। उनले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताए। यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न…
गोरखा : गोरखास्थित मानव सेवा आश्रमले मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीन भएर सडकमै बस्न बाध्य तीन जनालाई उद्धार गरेको छ। बङ्गलादेश स्थायी घर बताउने बाबुलाल मानवलाई लमजुङको बेँसीसहर नजिकै जङ्गलबाट, भारत उत्तरप्रदेश घर बताउने जङ्गबहादुर कुशहवालाई पाटेचौर गीता मन्दिरबाट र नेपालको तराई भेगकी प्रमिला मानवलाई पश्चिमकालीबाट उद्धार गरी आश्रममा राखिएको हो। आश्रमका गोरखास्थित संयोजक नवराज केसीले उद्धार गरिएका…