PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​विद्युत हुकिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



रासस

​विद्युत हुकिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज : सप्तरीको खोजपुर गाविस–७ मा विद्युत् हुकिङ गर्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सप्तरीको बनरझुला गाविस–३ बस्ने ४५ वर्षीय मोहमद जियाउल मिया रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। 

खोजपुर–७ मा रहेको उनको आफ्नै आँपको बगैँचामा ११ हजार भोल्ट भएको विद्युत्मा हुकिङ गरी बिजुली तान्ने क्रममा करेन्ट लागेको थियो। 

सो क्रममा गम्भीर घाइते भएका उनको राजविराजथस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell