PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

जुम्लामा प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा



रासस

जुम्ला : हिमाली जिल्ला जुम्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
 
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा. रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो। शिविरमा प्रहरी सङ्गठन भित्रका कर्मचारी र तिनका परिवारका सदस्यको उपचार गरिएको निमित्त प्रहरीनायब उपरीक्षक गोपीन्द्रबहादुर खड्काले जानकारी दिए। शिविरमा ५२ पुरुष र १२ महिला गरी ६४ जनाको निःशुल्क चेकजाँच गर्नुका साथै उनीहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको थियो।
 
डा. निरालाले प्रहरी सङ्गठनभित्र निःशुल्क स्वास्थ्य जाँच गरिएको कर्णालीमा यो पहिलोपटक हो भने। 'खासगरी प्रहरी कर्मचारीभित्र भएको रोगको स्क्रिनिङ गर्ने, प्रहरी सङ्गठनका सदस्यलाई रोग लागेमा प्रहरी हस्पिटल छ भन्ने कुरा अन्तरक्रियामार्फत जानकारी दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अभियान अगाडि बढाएका हौँ' डा. निरालाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell