PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

तालिवानी लडाकुको आक्रमणमा परी अफगानिस्तानमा सात प्रहरी मारिए



रासस

कुन्दुस : अफगानिस्तानको कुन्दुस प्रान्तमा रहेको एउटा सुरक्षा चौकीमा तालिवानी लडाकुले गरेको आक्रमणमा परी आइतबार सात जना प्रहरी मारिएका छन्।
 
सेना र प्रहरीसहितको उपस्थितिमा सरकारले सन् २०१० देखि गाउँगाउँमा स्थापना गरेका अफगानिस्तान स्थानीय प्रहरी (एएलपी) को कार्यालयमध्ये एक कार्यालयमा आक्रमण भएको हो।
 
घटनाका बारेमा थप अनुसन्धान गर्न प्रान्तीय प्रहरी कार्यालयले अनुसन्धान टोली खटाइसकेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।
 
गत फेब्रुअरी २७ पनि दक्षिणी हेल्मन्ड प्रान्तमा भएको यस्तै आक्रमणमा १२ जना प्रहरी मारिएका थिए।
 
सन् २००१ देखि राज्यको सत्ताबाट बाहिरिएपछि तालिवानी लडाकुहरुले सरकारी सेनासहित आम नागरिकका विरुद्धमा आत्मघाती आक्रमण तथा एम्बुस र बम प्रयोग गरिरहेका छन्।
 
सन् २०१५ मा अफगानिस्तानको सरकारी सेनालाई अमेरिकी र नाटो सेनाले सहयोग गर्न थालेपछि तालिवानी अझ आक्रमक भएका थिए। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell