PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

मानसिक सन्तुलन गुमाएका तीन जनाको उद्धार



रासस

गोरखा : गोरखास्थित मानव सेवा आश्रमले मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीन भएर सडकमै बस्न बाध्य तीन जनालाई उद्धार गरेको छ।
 
बङ्गलादेश स्थायी घर बताउने बाबुलाल मानवलाई लमजुङको बेँसीसहर नजिकै जङ्गलबाट, भारत उत्तरप्रदेश घर बताउने जङ्गबहादुर कुशहवालाई पाटेचौर गीता मन्दिरबाट र नेपालको तराई भेगकी प्रमिला मानवलाई पश्चिमकालीबाट उद्धार गरी आश्रममा राखिएको हो।
 
आश्रमका गोरखास्थित संयोजक नवराज केसीले उद्धार गरिएका तीनै जनालाई डा जयबहादुर खत्रीको परामर्श अनुसार औषधि खुवाइएको जानकारी दिए। गोरखामा गत माघदेखि आश्रम सञ्चालनमा आएको थियो। सदरमुकामको तीनधारेमा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको हो। हेटौँडा, चितवनमा पनि आश्रमको शाखा रहेको छ।
 
यस्तै मानव सेवा आश्रमको आउँदो चैत ५ गते हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। गोरखामा छैटौँ शाखाको रुपमा आश्रम सञ्चालनमा छ।
 
सडकमा बेवारिसे अवस्थामा रहेका बालकदेखि वृद्धसम्मका मानिसलाई उद्धार गरी आश्रममा स्वास्थ्योपचार, भोजनलगायत आवश्यक सेवा, सुविधा दिएर राख्ने र रोग निको भइसकेपछि परिवारको जिम्मा लगाउने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell