PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'बसको धनी हुँ' भनी फेसबुकमा झुक्याउने युवकसँग यसरी फसे महिला



रासस

'बसको धनी हुँ' भनी फेसबुकमा झुक्याउने युवकसँग यसरी फसे महिला

डुम्रे (तनहुँ) : फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षीय मोहनबहादुर पाटामगर रहेका छन्।
 
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए। पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए।
 
प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए। फेसबुकमार्फत ठगी धन्दा गरेका पाटामगरले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडौं चल्ने दुई वटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको बुझिएको छ।
 
यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell