PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मेलम्चीको पानी चक्रपथबाहिर पनि वितरण गरिने



रासस

मेलम्चीको पानी चक्रपथबाहिर पनि वितरण गरिने

काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ।
 
सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईले सो जानकारी दिएका हुन्।
 
उनले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताए।
 
यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उनले चर्चा गरे। त्यस्तै, सुक्खा मौसममा २१ वटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उनले उल्लेख गरे।
 
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दसैँको उपहारको रुपमा काठमाडौँमा वितरण गर्ने बताए।
 
सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उनले बताए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिए।
 
कार्यक्रममा कम्पनीका सचिव मिलनकुमार शाक्य, महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी, लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतलगायतका वक्ताले पनि बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell