PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​चमेलियाको सुरुङ निर्माण सकियो, यसै बर्ष परीक्षण उत्पादन गर्ने लक्ष्य



रासस

​चमेलियाको सुरुङ निर्माण सकियो, यसै बर्ष परीक्षण उत्पादन गर्ने लक्ष्य

काठमाडौँ : दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ। 

प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बताए। 

नेपाली इन्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इन्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको बताए। 

यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको जानकारी उनले दिए।
 
आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन्। 

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धा्रित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell