PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

​माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता, खोजी कार्य जारी



रासस

रत्ननगर : चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन्। 
माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन। 

आज पनि विहानैदेखि खोजीका लागि प्रहरी टोली पठाईएको जनाईएको छ । तालमा दबदबे हिलो भएकाले हिलोमा फसेर डुबेको अनुमान प्रहरीले गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell