PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • महरा हत्या आरोपमा तीन जना पक्राउ

    काठमाडौँ : मलेसियाबाट मजदूरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेशसिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाएका छन्। सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत…

    विस्तृतमा पढ्नुस्

  • कक्षाकोठाको छानो उडाउँदा म्याग्दीका तीन विद्यालयको पठनपाठन प्रभावित

    कक्षाकोठाको छानो उडाउँदा म्याग्दीका तीन विद्यालयको पठनपाठन प्रभावित

    बाबियाचौर (म्याग्दी) : हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ।   बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो। भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन्।   विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत…

    विस्तृतमा पढ्नुस्

  • जलविद्युतका क्षेत्रमा भियतनाम नेपालसँग सहकार्य गर्न इच्छुक छ : सहायक विदेशमन्त्री चाउ

    जलविद्युतका क्षेत्रमा भियतनाम नेपालसँग सहकार्य गर्न इच्छुक छ : सहायक विदेशमन्त्री चाउ

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन्।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग आज बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए।   प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको…

    विस्तृतमा पढ्नुस्

  • राजविराज विमानस्थल चाँडै सञ्चालन हुने

    सप्तरी : राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ।   व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो। समितिका सभापति प्रभु शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्ने…

    विस्तृतमा पढ्नुस्

  • एक हजार दुई सय गोही नदीमा छोडियो

    चितवन : सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ।   नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ।   सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू

    रत्ननगर (चितवन) : चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ।   जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ। प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए।   मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई हजार ५०० तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउने छन्।…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाको केन्द्र माग गर्दै ताकमवासीले गरे नाकाबन्दी

    बेनी (म्याग्दी) : धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा रहनुपर्ने माग गर्दै जिल्ला विकास समितिमा तालाबन्दी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका ताकमवासीले आजदेखि अनिश्चितकालीन यातायात बन्दसहित नाकाबन्दीको घोषणा गरेका छन्।   धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्र सच्चाउन माग गर्दै विगतमा गरिएका दबाबमूलक कार्यक्रम बेवास्ता भएको भन्दै दरवाङ–देवीस्थानको फेदी हुँदै ताकम–मुना सडक अवरुद्ध गरेका हुन्।   ताकमवासीमा रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सहकारीको…

    विस्तृतमा पढ्नुस्

  • सोलुखम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

    विराटनगर : लेक लागेर आज सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ।   खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।   मृतकको शव पासाङल्हामु अस्पतालमा राखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे : सभापति देउवा

    भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे : सभापति देउवा

    काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्।   नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मङ्सिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिए।   पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा बस पल्टिँदा सोह्र घाइते

    मोरङमा बस पल्टिँदा सोह्र घाइते

    विराटनगर : मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन्।   पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने

    होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने

    काठमाडौँ : गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न…

    विस्तृतमा पढ्नुस्

  • ​चिनीमा कालोबजारी गरेको भन्दै दुई पसलमा सिलवन्दी

    ​चिनीमा कालोबजारी गरेको भन्दै दुई पसलमा सिलवन्दी

    काठमाडौँ : बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ।  आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेका अनुगमनका क्रममा गोदाममा चिनी रहँदा पनि कृत्रिम अभाव देखाएको भन्दै विभागले सिलबन्दी गरेको हो। उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको पनि विभागका…

    विस्तृतमा पढ्नुस्

  • ​हराइरहेकी महिला जङ्गलमा मृत अवस्थामा भेटिइन्

    रत्ननगर : चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन्। भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन्।  मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • ​सभामुख र सांसद् बने विद्यार्थी, नमुना संसद्‍‍मा जलवायु परिवर्तनमाथि बहस

    ​सभामुख र सांसद् बने विद्यार्थी, नमुना संसद्‍‍मा जलवायु परिवर्तनमाथि बहस

    जनकपुरधाम : सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो।  विद्यार्थी तहमा संसदीय अभ्यासको ज्ञान दिलाउन जनकपुरधामको ‘मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेज’मा आयोजित सो कार्यक्रम कुनै राजनीतिक विषयमा छलफल गर्नका लागि नभएर पाँच वर्षअघि जारी गरिएको के जलवायु परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • झन्डै चार लाखको लगानीमा बेनीका स्थानीयले बनाए मन्दिर

    बेनी (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन्।   स्थानीयवासी दुर्गाबहादुर घिमिरेको नेतृत्वमा गाउँका १३२ घरबाट चन्दा सङ्कलन गरी रु तीन लाख ६५ हजारको लागतमा बगरफाँट शिवालय मन्दिर निर्माण गरेका हुन्।   त्यसैगरी सो गाउँका स्थानीयवासी मिलेर मन्दिरसम्म जाने बाटो मर्मत र सरसफाइ पनि गरेका छन्। स्थानीयवासी डिल्लीमान घर्तीले दिएको एक कट्ठा जग्गामा…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीस्थित विद्यालयलाई एकै व्यक्तिले गरे डेढ लाखभन्दा बढीको आर्थिक सहयोग

    गुल्मी : गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ।   बुटवलमा बसोबास गदै आएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि रु एक लाख ५५ हजार ५५५ प्रदान गरे। दोलखा जिल्ला निवासी डा श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्षसमेत थिए। उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गरेको विद्यालय व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिविहीन चार बालबालिकालाई धुलिखेलमा निःशुल्क शिक्षाको व्यवस्था

    राजविराज : सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन्।   सप्तरी युथ नेपालले दृष्टिविहीन चार बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताए।    चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ। गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिविहीन परिवारमध्ये शम्भु मण्डलकी ११…

    विस्तृतमा पढ्नुस्

  • ​रुखले किच्दा पाँचथरमा एक जनाको मृत्यु

    पाँचथर : रुख काट्ने क्रममा रुखले किचेर पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ घर भई हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा रहेका छन्।   जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ बुद्धमार्गमा बन्दना मोक्तानको काब्राको रुख स्थानीय आइतराज केरुङले ठेक्कामा लिएका थिए। सोही रुख काट्दै गर्दा ढलेर किच्दा पालुङवाको मृत्यु भएको हो। 

    विस्तृतमा पढ्नुस्

  • नेपालमा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता, २५ देशका युवतीको सहभागिता रहने

    नेपालमा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता, २५ देशका युवतीको सहभागिता रहने

    काठमाडौँ : मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ।   नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवर्द्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायत लगायत २५ देशका एकएक जना सहभागीले प्रतिस्पर्धा गर्नेछन्।   संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन अन्तर्राष्ट्रिय तहको सो…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

    छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

    लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ।   पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १४६० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स५प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए।   घाइते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell