PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​हराइरहेकी महिला जङ्गलमा मृत अवस्थामा भेटिइन्



रासस

रत्ननगर : चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन्। भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन्। 

मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन। उनलाई गैँडाले आक्रमण गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell