PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

​रुखले किच्दा पाँचथरमा एक जनाको मृत्यु



रासस

पाँचथर : रुख काट्ने क्रममा रुखले किचेर पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ घर भई हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा रहेका छन्।
 
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ बुद्धमार्गमा बन्दना मोक्तानको काब्राको रुख स्थानीय आइतराज केरुङले ठेक्कामा लिएका थिए। सोही रुख काट्दै गर्दा ढलेर किच्दा पालुङवाको मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell