PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

जलविद्युतका क्षेत्रमा भियतनाम नेपालसँग सहकार्य गर्न इच्छुक छ : सहायक विदेशमन्त्री चाउ



रासस

जलविद्युतका क्षेत्रमा भियतनाम नेपालसँग सहकार्य गर्न इच्छुक छ : सहायक विदेशमन्त्री चाउ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन्।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग आज बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए।
 
प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गरेको उनका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए।
 
प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएका थिए। सो अवसरमा कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
 
भियतनामका विदेशमन्त्री चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताएका थिए। चाउले जलविद्युतको क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell