PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

नेपालमा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता, २५ देशका युवतीको सहभागिता रहने



रासस

नेपालमा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता, २५ देशका युवतीको सहभागिता रहने

काठमाडौँ : मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ।
 
नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवर्द्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायत लगायत २५ देशका एकएक जना सहभागीले प्रतिस्पर्धा गर्नेछन्।
 
संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन अन्तर्राष्ट्रिय तहको सो प्रतियोगिता गर्न लागिएको जानकारी दिइन्।
 
उनका अनुसार सहभागी युवतीले अन्तर्राष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन्। सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन्।
 
उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।
 
मुलुकमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको आयोजक संस्थाले नेपालमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell