PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

गुल्मीस्थित विद्यालयलाई एकै व्यक्तिले गरे डेढ लाखभन्दा बढीको आर्थिक सहयोग



रासस

गुल्मी : गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ।
 
बुटवलमा बसोबास गदै आएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि रु एक लाख ५५ हजार ५५५ प्रदान गरे। दोलखा जिल्ला निवासी डा श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्षसमेत थिए।

उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell