PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

झन्डै चार लाखको लगानीमा बेनीका स्थानीयले बनाए मन्दिर



रासस

बेनी (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन्।
 
स्थानीयवासी दुर्गाबहादुर घिमिरेको नेतृत्वमा गाउँका १३२ घरबाट चन्दा सङ्कलन गरी रु तीन लाख ६५ हजारको लागतमा बगरफाँट शिवालय मन्दिर निर्माण गरेका हुन्।
 
त्यसैगरी सो गाउँका स्थानीयवासी मिलेर मन्दिरसम्म जाने बाटो मर्मत र सरसफाइ पनि गरेका छन्। स्थानीयवासी डिल्लीमान घर्तीले दिएको एक कट्ठा जग्गामा सो मन्दिर निर्माण गरिएको हो। गाउँलेले रु पाँच सयदेखि १० हजारसम्म नगद सहयोग गरेका छन्। मन्दिर निर्माणका लागि स्थानीय सामुदायिक वन, आमा समूह र विदेशमा रहेका बगरफाँटवासीले समेत उल्लेख्य सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर घिमिरेले बताए। 
 
मन्दिर निर्माणका लागि रु तीन हजारदेखि माथिको रकम सहयोग गर्ने चन्दादाताको शिलालेखमा नाम अङ्कित गरिएको घिमिरेले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell