PahiloPost

Jul 28, 2025 | १३ साउन २०८२

महरा हत्या आरोपमा तीन जना पक्राउ



रासस

काठमाडौँ : मलेसियाबाट मजदूरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेशसिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाएका छन्। सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए।
 
मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ।
 
सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए। पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell