PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​चिनीमा कालोबजारी गरेको भन्दै दुई पसलमा सिलवन्दी



रासस

​चिनीमा कालोबजारी गरेको भन्दै दुई पसलमा सिलवन्दी

काठमाडौँ : बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ। 

आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेका अनुगमनका क्रममा गोदाममा चिनी रहँदा पनि कृत्रिम अभाव देखाएको भन्दै विभागले सिलबन्दी गरेको हो। उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको पनि विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए। 

त्यसैगरी अनुगमनका क्रममा विभिन्न किसिमको कमजोरी औँल्याउँदै विभागले पटक–पटक दिएको निर्देशन पालना नगरेपछि कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सम्पूर्ण सामग्री सञ्चालक स्वयम्को हुनेगरी सिलबन्दी गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए। 

विभागले आज नै अन्य पसलमा पनि अनुगमन गरेको छ। अनुगमनका क्रममा अवधेश एण्ड अविनाश स्टोर जडीबुटी, सूर्य देव खाद्य ट्रेडर्स कोटेश्वर, के एल दुगड ग्रुप नरेफाँट, सम्राट खाद्य स्टोर, जडीबुटीलाई मूल्यसूची नराखेको, नापतौल प्रमाणीकरण नगरेको र व्यवसाय दर्ता नगरेको पाएपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell